काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ।
आयोगका अनुसार तीन प्रतिशत पार गर्ने ६ दलले सिट संख्या प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले नौ, श्रम संस्कृतिले चार र राप्रपा चार सिट प्राप्त गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार कुल १ करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये एक करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।
यस्तै समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा एक करोड आठ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको छ।
साथै आयोगले दलहरूलाई तीन दिनभित्र नाम पेश गर्न म्याद पनि दिएको छ ।



