Nidan Media

हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु 

जुम्ला। जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचारका क्रममा मृत्यु भएको छ।

तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।

उपचारको क्रममा राति उनको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो तर प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.