सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ फागुन २६ गते मंगलबार, इस्वीसंवत मार्च १० तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको सप्तमी तिथि रातिमा १२ः४३ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा साँझमा ६ः१८ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा हर्षण ३ घटि ५८ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा वज्र रहनेछ ।
सूर्य कुम्भ राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २९ घटि २८ पला अर्थात ११ घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः२१ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः०९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १२ः०० बजे र अस्ताउने समय भोलि बिहानमा १०ः२३ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज समय खराब रहनेछ । समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ । कामकाजको क्षेत्रमा जिम्मेवारी थपिए पनि त्यसलाई व्यवस्थित रूपमा पूरा गर्ने क्षमता देखाउनु हुनेछ।
वृषः आज स्वास्थ्य राम्रो रहनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक बस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । आज कामको क्षेत्रमा देखिएका साना अवरोधलाई सकारात्मक सोचले पार गर्न सक्नुहुनेछ। परिवारभित्र आपसी सहयोगको वातावरण बन्ने भएकाले मन सन्तुष्ट रहनेछ।
मिथुनः आज समय राम्रो रहनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना छ । आज तपाईंको विचारशक्ति बलियो रहने भएकाले धेरै काम सहज रूपमा अगाडि बढ्न सक्छ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग राम्रो सहकार्य हुने सम्भावना देखिन्छ।
कर्कटः आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा सङ्कटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरू थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग छ। आज भावनात्मक विषयहरूमा संवेदनशीलता बढ्न सक्ने संकेत पनि देखिन्छ। परिवारसँग समय बिताउँदा मनमा शान्ति महसुस हुने भने कामकाजमा देखिएको चुनौतीलाई धैर्यपूर्वक सामना गर्दा राम्रो परिणाम आउनेछ।
सिंहः आज समय शुभ छैन । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ। तर आज आत्मविश्वासका साथ अघि बढ्दा धेरै काममा सफलता प्राप्त गर्ने सम्भावना देखिन्छ। नेतृत्व गर्नुपर्ने अवसर आउँदा तपाईंको क्षमता प्रकट हुनेछ। परिवारका सदस्यसँगको सहकार्यले घरको वातावरण अझ सकारात्मक बन्नेछ।
कन्याः आज समय शुभ छ । पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ । व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। आज व्यवस्थित ढंगले काम गर्ने बानीले तपाईंलाई धेरै क्षेत्रमा सहयोग पु¥याउनेछ। कार्यक्षेत्रमा प्राप्त अवसरलाई सही रूपमा प्रयोग गर्न सक्नुहुनेछ। परिवारमा समझदारी बढ्ने भएकाले सम्बन्ध अझ बलियो बन्ने संकेत देखिन्छ।
तुलाः आज समय अत्यन्तै खराब छ । सानातिना व्यवहारमै अल्झनुपर्ला। आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। तर सन्तुलित सोचका कारण विभिन्न परिस्थितिलाई सहज रूपमा सम्हाल्न सक्नुहुनेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वयको वातावरण बन्ने सम्भावना देखिन्छ। परिवारभित्र आपसी समझदारी बढ्दा मनमा शान्ति महसुस हुनेछ।
वृश्चिकः आज समय अत्यन्तै राम्रो छ । व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ बिचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । बिहानको समय मध्यमय रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तपाईंको दृढ इच्छाशक्तिले कठिन कामलाई पनि सजिलै पार गर्न मद्दत गर्नेछ। कामकाजमा देखिएका चुनौतीलाई धैर्यपूर्वक समाधान गर्ने क्षमता देखिनेछ। परिवारका सदस्यसँग खुला संवाद हुँदा सम्बन्ध अझ नजिक बन्नेछ।
धनुः आज समय शुभ छैन। स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुपर्नेछ । तर आज नयाँ अनुभव प्राप्त गर्ने अवसर मिल्न सक्ने देखिन्छ। कामकाजमा सक्रियता देखाउँदा राम्रो परिणाम प्राप्त गर्न सक्नुहुनेछ। परिवारसँगको समयले मन प्रसन्न राख्नेछ। आर्थिक व्यवस्थापनमा सन्तुलन कायम राख्दा भविष्यका योजना सफल हुन सक्नेछ ।
मकरः आज स्वास्थ्य सबल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला। काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिनेछ।। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुपर्नेछ। आज जिम्मेवारीप्रति गम्भीर भएर काम गर्दा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिबाट सकारात्मक प्रतिक्रिया आउने सम्भावना देखिन्छ। परिवारभित्र सहयोग र सद्भाव बढ्दा मन सन्तुष्ट रहनेछ।
कुम्भः आज समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। तपाईंको रचनात्मक सोचले नयाँ काम शुरू गर्ने प्रेरणा दिनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँगको सहयोगले काम सहज बन्नेछ। परिवारसँगको समयले भावनात्मक सन्तुलन कायम गर्न मद्दत गर्नेछ।
मीनः आज समय मध्यम खालको छ । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । आज कल्पनाशक्ति र संवेदनशीलताले तपाईंलाई सिर्जनात्मक कामतर्फ आकर्षित गर्न सक्छ। कार्यक्षेत्रमा धैर्य र समझदारीका साथ अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध अझ मधुर बन्ने संकेत देखिन्छ।
साइत (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः२६ बजेदेखि ७ः५३ बजेसम्म चर बेला
बिहान ७ः५३ बजेदेखि ९ः२० बजेसम्म लाभ बेला
बिहान ९ः२० बजेदेखि १०ः३८ बजेसम्म अमृत बेला
बिहान १०ः३८ बजेदेखि १२ः१५ बजेसम्म काल बेला
मध्यान्हमा १२ः१५ बजेदेखि १ः४३ बजेसम्म शुभ बेला
दिनमा १ः४३ बजेदेखि ३ः१० बजेसम्म रोग बेला
दिनमा ३ः१० बजेदेखि ४ः३७ बजेसम्म उद्धेग बेला
दिनमा ४ः३७ बजेदेखि ६ः०५ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः०५ बजेदेखि ७ः३७ बजेसम्म लाभ बेला
साँझ ७ः३७ बजेदेखि ९ः१० बजेसम्म अमृत बेला
राति ९ः१० बजेदेखि १०ः४२ बजेसम्म काल बेला
राति १०ः४२ बजेदेखि १२ः१५ बजेसम्म शुभ बेला
राति १२ः१५ बजेदेखि १ः४७ बजेसम्म रोग बेला
राति १ः४७ बजेदेखि ३ः२० बजेसम्म उद्धेग बेला
रातिमा ३ः२० बजेदेखि ४ः५२ बजेसम्म चर बेला
रातिमा ४ः५२ बजेदेखि ०६ः२५ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





