Nidan Media

चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ ।

यसले पुराना दलहरूलाई चुनौती दिएको छ । जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेद्वारहरूमा डोटी-१ बाट भरतबहादुर खड्का १४,८९७ मतले बिजय हुँदा दैलेख १ बाट बासना थापा १२,३७२ मत, सन्तोष सुब्बा तेह्रथुम १ बाट ११,५६१ मतले विजय भएका छन् ।

यस्तै, मोहन आचार्य रसुवा १ बाट १०,६५६ मतले विजयी हुँदा योगेश गौचन थकाली मुस्ताङ १ बाट ३,३०७ मतले विजयी भए ।

यसैगरी टेकबहादुर गुरुङ मनाङ १ बाट २,४१५ मतले विजयी भए ।

हालसम्मको मतगणनामा रास्वपाले ८४ स्थानमा अग्रता बनाएको छ ।

नेपाली कांग्रेसले १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २ सिटमा जित हासिल गरेको छ र ९ स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै, नेकपाले २ सिट जित्दा १० स्थानमा अग्रता कायम गरेको छ ।

विशेषगरी झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा करिब ३५ हजार मतले अग्रता बनाएका छन् ।

हालको निर्वाचन परिणाम अनुसार रास्वपा अहिले देशभरको राजनीतिक परिदृश्यमा बलियो पार्टीको रुपमा देखा परेको छ ।

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.