पोखरा। कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छन्। उनी ३२ हजार ११२ मतका साथ विजयी भएकी हुन्।
उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले ११ हजार २५७ मत प्राप्त गरे।
यसै क्षेत्रमा प्रतिस्पर्धा गरेका नेकपा एमालेका दामोदर पौडेलले ६६ सय ५, नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १२ सय ७४ र राप्रपाका अर्जुनप्रसाद खनालले ११ सय ९७ मत प्राप्त गरे ।
यस्तै श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५३३ र उज्यालो नेपालका तर्कबहादुर गुरुङले ४१० मत प्राप्त गरे ।
बिहीबार भएको निर्वाचनमा कास्की ३ मा ५६ हजार १३४ मत खसेको थियो।




