Nidan Media

मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली विजयी

मुस्ताङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ ।

एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेस उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

थकालीले तीन हजार ३०७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार इन्द्रधारा विष्टले एक हजार ८०६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थकाली यसअघिको ०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए ।

त्यति बेला उनले तीन हजार ९९२ मत ल्याएका थिए ।

११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यसपटक ६ हजार ३९७ मत खसेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.