Nidan Media

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना न्यौपाने विजयी

काठमाडौँ । रास्वपाले प्रतिनिधि निर्वाचनमा जितको खाता खोलेको छ । रास्वपाले काठमाडौँ १ बाट जितको खाता खोलेको हो ।

रास्वपाकी रञ्जु दर्शना न्यौपानेले जित हासिल गरेकी हुन् । उनले १५ हजार ४५५ मत ल्याइन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए ।

राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मतमात्र प्राप्त गरे ।

यो क्षेत्रमा यसअघि कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए ।

राप्रपाका मिश्रभन्दा झिनो मतले उनी विजयी भएका थिए । तर यसपालि मिश्र पनि नराम्ररी पछारिएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.