Nidan Media

पोखरामा स्कुटर दुर्घटना हुँदा १६ बर्षे युवतीको मृत्यु

पोखरा । पोखरामा बिहीबार दिउँसो स्कुटर दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ।

मृत्यु हुनेमा पोखरा १७ मुलकुनाकी १६ वर्षीया जेनिशा क्षेत्री रहेकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी क्षेत्रीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो।

उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक क्षेत्रीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ ।

पोखरा महानगरपालिका वडा नं १७ सीतापाइला मार्गमा ग२६प ३३६७ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

स्कुटर चालक पोखरा-१७ घारीपाटनका १७ वर्षीय रबिन सुनार र स्कुटरलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.