Nidan Media

प्रधानमन्त्री कार्कीको प्रतिक्रिया – मेरो कर्तव्य पूरा भयो, धेरै खुशी छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कर्तव्य पूरा भएको बताएकी छन् ।

काठमाडौँको धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेपछि उनले यस्तो बताएकी हुन्।

उनले भनिन, ‘मेरो कर्तव्य पूरा भयो, धेरै खुशी छु ।’

यो निर्वाचन पछिल्लो केही महिनादेखि जारी राजनीतिक अस्थिरतापछि हुँदैछ ।

गत सेप्टेम्बरमा भएको ऐतिहासिक ‘जेन-जी आन्दोलन’ पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएको थियो र प्रतिनिधिसभा विघटन गरिएको थियो ।

त्यसपछि गत भाद्र २७ मा कार्कीलाई अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा नियुक्त गरिएको थियो ।

यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको बताउँदै सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

दुर्गम पहाडी क्षेत्रबाट मतपेटिका छिटो संकलन गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ ।

निर्वाचन अधिकारीहरूले मतगणना शुरू भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने अपेक्षा गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.