काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार डा. तोसिमा कार्कीले मतदान गरेकी छन् ।
ललितपुर निर्वाचन क्षेत्र नं ३ की उम्मेद्वार कार्कीले बिहीबार ललितपुर-१८ स्थित केन्द्रबाट मतदान गरेकी हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले मतदातामा उल्लेखनीय उत्साह देखिएको बताइन् ।
उनका अनुसार देश-विदेशबाट नेपालीहरू मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् भने उपत्यकाभित्रका धेरै मतदाता पनि भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् ।
उनले यसपटक आफ्नो एक मत पनि नछुटाउन र सबैलाई मतदानमा सहभागी हुन आग्रह गरिन् ।
उनले परिवर्तनको पक्षमा मत नदिए पछुतो हुन सक्ने भन्दै लोकतन्त्रमा जनताको सबैभन्दा ठूलो हतियार भनेको मताधिकार नै भएको बताइन् ।





