Nidan Media

कर्णालीमा शान्तिपूर्ण मतदान शुरू

सुर्खेत । कर्णालीमा बिहानैदेखि मतदान शान्तपूर्ण रुपमा शुरू भएको छ ।

विभिन्न पार्टीका प्रमुख नेताहरू र उम्मेद्वारहरूले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन् ।

पूर्वगृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट-५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

जनार्दन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिस्पर्धामा छन् ।

नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ-६ को नन्दादेवी मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

काङ्ग्रेस कालिकोटका उम्मेद्वार हर्षबहादुर बमले कालीकोट पचालझरनामा रहेको पञ्चकालिका मावि बाझकोटमा पहिलो मतदान गरे भने काङ्ग्रेस केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले नरहरिनाथ-३ को गाउँपालिका भवन मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले सुर्खेतको वीरेन्द्रनगर-१ स्थित सरस्वती प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको पचाझरना-९ मा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

मतदान शुरू भए पनि कर्णालीका विभिन्न मतदान केन्द्रका मतदाताको उपस्थिति पातलो देखिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.