काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापाले प्रतिनिधि सभा सदस्य पदका लागि मतदान गरेका छन्।
उनले काठमाडौँ-४ को मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
सभापति थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचन लडेका छन्।
यसअघि काठमाडौँ क्षेत्र नं ४ बाटै विजयी हुँदै आएका थापा यस पटक मधेस पुगेका हुन्।
उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीका लागि अघि सारेको छ।





