Nidan Media

बसको ठक्करबाट मतदान गर्न जाँदै गरेका पूर्वसैनिकको मृत्यु

रामेछाप । रामेछापमा बसले स्कुटरललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका वडा नं २ बित्तिजोरका चन्द्र श्रेष्ठको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-४ हिरापानीमा उक्त दुर्घटना भएको हो ।

दुई वर्षअघि नेपाली सेनाबाट अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजार क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्दै आएका थिए ।

परिवारका अनुसार श्रेष्ठ स्कुटरमा मतदान गर्न गाउँ जाँदै थिए। सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो ।

प्रत्यक्षदर्शीका अनुसार बस गलत दिशाबाट आएर स्कुटरलाई ठक्कर दिएको बताइएको छ ।

दुर्घटनापछि श्रेष्ठको शव हाल सिन्धुली अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.