काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेन्द्रले मतदान गरेका छन् ।
लामिछानेले काठमाडौँ-३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्र र बालेनले सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
लामिछाने चितवन क्षेत्र नं २ र बालेन झापा क्षेत्र नं ५ बाट निर्वाचन लडेका छन्। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ।





