काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान गरेको छ ।
साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ ।
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ ।
गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली हुनेछ ।
लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ ।
कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।





