Nidan Media

न्यूजील्याण्ड आईसीसी टी-२० विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका ९ विकेटले पराजित

काठमाडौं । न्यूजील्याण्ड आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

कोलकातास्थित इडेन गार्डेन्स मा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि एडन मार्करामले अर्धशतकीय योगदान दिए पनि टोलीलाई ठूलो योगफलसम्म पुर्‍याउन सकेनन् ।

जवाफी ब्याटिङमा न्यूजील्याण्डले आक्रामक शुरूआत गर्‍यो । ओपनर फिन एलेनले विस्फोटक शतकीय पारी खेल्दै खेल एकतर्फी बनाइदिए ।

एलेनले केवल ३३ बलमा अविजित १०० रन प्रहार गरे । उनलाई साथ दिएका टिम सिफर्टले पनि आकर्षक अर्धशतक जोडे ।

न्यूजील्याण्डले १२.५ ओभरमै १७३/१ रन बनाउँदै लक्ष्य सजिलै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका बलरहरू न्यूजील्याण्डको आक्रामक ब्याटिङ सामु निरीह देखिए ।

यस जितसँगै न्यूजील्याण्डले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ ।

अब उसले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग ८ मार्चमा प्रतिस्पर्धा गर्नेछ ।

उत्कृष्ट लयमा रहेको न्यूजील्याण्ड पहिलो पटक टी-२० विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।

दोस्रो सेमिफाइनल खेल भने बिहीबार भारत र इङ्ल्याण्डबीच हुनेछ । उपाधि भिडन्त आगामी आइतबार हुने तालिका छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.