Nidan Media

सुनचाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ११ हजार र चाँदीको दुई सय ७५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १७ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ७२ हजार दुई सय ९० रुपैयाँ तोकिएको छ।

यस्तै, मंगलबार पाँच हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर बुधबार पाँच हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य प्रतिदश ग्राम चार हजार सत सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.