Nidan Media

इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु

काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा सात सय ४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा एक सय ७६ बालबालिका हुन् ।

अल-जजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म एक हजार भन्दा बढी निशानाहरूमा आक्रमण गरेका छन् । पहिलो ३० घण्टामा दुई हजार भन्दा बढी बम खसालिएका छन् ।

फेब्रुअरी २८ तारिख अर्थात् फागुन १६ गतेदेखि शुरू भएको लडाइँको पहिलो दिन भएको बम विस्फोटमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । आइतबार तीन अमेरिकी सैनिक पनि मारिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूलाई सकेसम्म चाँडो मध्य पूर्व छोड्न आग्रह गरेका छन् । ट्रम्पले इरानमाथिको सबैभन्दा ठूलो आक्रमण अझै बाँकी रहेको बताएका छन् ।

सोमबार ह्वाइट हाउसमा एक विज्ञप्तिमा उनले इरानसँगको युद्ध ४-५ हप्तासम्म चल्न सक्ने बताएका थिए । तर आवश्यक परेमा यो अभियान लामो समयसम्म जारी रहनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.