काठमाडौँ । रुपन्देहीमा गएराति यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ७ का २८ बर्षीय सुनील पाण्डे रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा देवदह-५ कै २८ वर्षीय कृष्ण पाइजा गम्भीर घाइते भएका छन् ।
घाइते दुवैलाई तत्कालै अस्पताल पुर्याए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१-००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह-९ घोडाहा काँटाचोकमा ठक्कर दिँदा दुर्घटना भएको हो।
बर र बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





