Nidan Media

बसमा ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर

काठमाडौँ। सिरहाको गोलबजार नगरपालिका वडा नं ३ जमनटोकी नजिक बसमा मोटरसाइकल ठोकिंदा दुई युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स५प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा धनगढीमाई नगरपालिका वडा नं  ८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका १७ वर्षीय धिरज मण्डलको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए । बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थाप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.