काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ।
गत शुक्रबार तोलमा पाँच सय रूपैयाँ घटेको सुनको भाउ आइतबार पाँच हजार छ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला तीन लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार प्रतितोला पाँच हजार सात सय ४० रूपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य बढेर आइतबार पाँच हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ४५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




