Nidan Media

दक्षिणी इरानको छात्रा विद्यालयमा विस्फोट: ६३ को मृत्यु, ९२ घाइते

पोखरा । दक्षिणी इरानको मिन्दाब काउन्टीमा रहेको एक प्राथमिक छात्रा विद्यालयमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।

स्थानीय प्रशासनका अनुसार घटनामा कम्तीमा ९२ जना घाइते भएका छन् भने केही विद्यार्थी भग्नावशेषमुनि फसेको आशंकामा उद्धार कार्य तीव्र पारिएको छ ।

मिन्दाबका गभर्नर मोहम्मद रदमेहरले विद्यालय सञ्चालनकै समयमा आक्रमण भएको बताउँदै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइँदै आएको जनाएका छन् ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत बालबालिकाले भरिएको विद्यालयलाई लक्षित गरी बम प्रहार गरिएको दाबी गरेका छन् ।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी सेनाको यूएस सेन्ट्रल कमाण्ड (सेन्टकम)का प्रवक्ता टिम हकिन्सले नागरिक क्षतिको विषयमा आफूहरू जानकार रहेको र प्राप्त विवरणहरूको छानबिन भइरहेको बताएका छन् ।

उनका अनुसार नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै अनपेक्षित क्षति कम गर्न सावधानी अपनाइनेछ ।

घटनाको अन्तर्राष्ट्रिय तहमा पनि चासो बढ्दै गएको छ । सीएनएनका अनुसार प्रतिक्रिया लिन इजरायली सेनासँग सम्पर्क गरिएको भए पनि घटनासम्बन्धी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.