Nidan Media

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ।

बिहीबारको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको हो भने चाँदीको १५ रुपैयाँ बढेको हो ।

मूल्य घटेसँगै छापावाला सुनको भाउ प्रतितोला तीन लाख १४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला तीन लाख १५ हजार चार सय रुपैयाँ रहेको थियो।

यता, बिहीबार प्रतितोला पाँच हजार सात सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार पाँच हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.