काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मूलपानी हाइटका ३० वर्षीय पवन तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारकै क्रममा मृत्यु भएको हो ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं २ नाम्गेल बसपार्क नजिक सडकमा बा११च ४७३८ नम्बरको मिनी टाटाले तामाङले चलाएको बा८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मिनीटाटा चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




