Nidan Media

आईसीसी टी-२० विश्वकप : वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको प्रभावशाली जित

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर आठ चरणको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि प्रभावशाली जित हात पार्दै सेमिफाइनल नजिक पुगेको छ । कप्तान एइडेन मार्क्रमको उत्कृष्ट ब्याटिङको सहारामा दक्षिण अफ्रिकाले लक्ष्य सजिलै पूरा गर्‍यो ।

बिहीबार अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो ।

बिहीबार अहमदाबाद मा भएको खेलमा वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर १ बलमै एक विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाको शुरूआतदेखि नै आक्रामक खेल देखियो ।

मार्क्रमले ४६ बलमा सात चौका र चार छक्कासहित अविजित ८२ रन जोडे । उनका साथमा रायन रिकेल्टन ले अविजित ४५ रन बनाए । क्विन्टन डिकक ४७ रन बनाएर आउट भए । वेस्ट इन्डिजका लागि रस्टन चेस ले एक मात्र विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । रोमारियो शेपहर्ड ले अविजित ५२ रन जोडे भने जेसन होल्डर ले ४९ रन बनाए ।

८३ रनमै सात विकेट गुमाइसकेको अवस्थाबाट शेपहर्ड र होल्डरले ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्‍याए । ब्रान्डन किङ ले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका बलरमध्ये लुङ्गी एङ्गिडी ले तीन विकेट लिए भने कगिसो रबाडाकर्बिन बोश ले दुई–दुई विकेट हात पारे ।

प्रतियोगितामा दक्षिण अफ्रिका हालसम्म अपराजित रहँदा वेस्ट इन्डिजले पहिलो हार व्यहोरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.