गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मंगलबार अपरान्ह ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका-८ बुंकोटकी १२ वर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तीमगत र भीमसेन थापा गाउँपालिका-६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् ।
उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरू तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका-३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो ।
घाइते भएका तीनै जनालाई अस्पताल पुर्याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।




