Nidan Media

सुलु सागरमा ७.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प

काठमाडौँ । मलेसियाको सुलु सागर क्षेत्रमा सोमबार बिहान ७.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प समुद्रमुनि ६२० किलोमिटर गहिराइमा केन्द्रित भएकाले ठूलो क्षति भएको विवरण आएको छैन ।

सबाहको तटीय क्षेत्र नजिक केन्द्रविन्दु भए पनि हालसम्म मानवीय क्षति वा भौतिक संरचनामा असर परेको रिपोर्ट छैन ।

अधिकारीहरूले जोखिमयुक्त तटीय क्षेत्रमा निगरानी बढाएका छन् ।

मलेसियाको मौसम विज्ञान विभागले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ ।

भूकम्पको हल्का धक्का सबाह र सारावाकका केही स्थानमा महसुस भएको थियो ।

छिमेकी मुलुक फिलिपिन्स, ब्रुनाईसिंगापुरका केही अग्ला भवनमा पनि कम्पन अनुभूत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.