काठमाडौँ । मलेसियाको सुलु सागर क्षेत्रमा सोमबार बिहान ७.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्प समुद्रमुनि ६२० किलोमिटर गहिराइमा केन्द्रित भएकाले ठूलो क्षति भएको विवरण आएको छैन ।
सबाहको तटीय क्षेत्र नजिक केन्द्रविन्दु भए पनि हालसम्म मानवीय क्षति वा भौतिक संरचनामा असर परेको रिपोर्ट छैन ।
अधिकारीहरूले जोखिमयुक्त तटीय क्षेत्रमा निगरानी बढाएका छन् ।
मलेसियाको मौसम विज्ञान विभागले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ ।
भूकम्पको हल्का धक्का सबाह र सारावाकका केही स्थानमा महसुस भएको थियो ।
छिमेकी मुलुक फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही अग्ला भवनमा पनि कम्पन अनुभूत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।





