Nidan Media

त्रिशूलीमा बस खस्दा १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ चरौदी नजिकै ग२ ख १४२१ नं को  बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।

दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको बताइन्छ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकिएको छ ।

केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.