Nidan Media

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौँ । सङ्खुवासभा जिल्लाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताकलाई केन्द्रविन्दु बनाई आज बिहान ७ बजेर ३१ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प मापन गरिएको हो।

बिहानै भूकम्पको धक्का महसुस भए पनि यसबाट के–कति क्षति पुग्यो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भइसकेको छैन।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपाल भौगर्भिक रूपमा सक्रिय हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ विभिन्न समयमा साना तथा ठूला भूकम्पका धक्काहरू महसुस हुने गरेका छन्।

केन्द्रले यस्ता कम्पनहरूबाट सतर्क रहन तर नआत्तिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.