Nidan Media

मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ। मकवानपुरको मनहरीमा आइतबार बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका वडा नं ७ बिजौनास्थित सडकमा दुर्घटना भएका हो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.