काठमाडौँ। मकवानपुरको मनहरीमा आइतबार बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका वडा नं ७ बिजौनास्थित सडकमा दुर्घटना भएका हो ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





