Nidan Media

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकोमा सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न पनि भनेको छ ।

प्रसाईंलाई सार्वजनिक शान्ति बिथोल्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको जिकिर छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.