Nidan Media

महालक्ष्मीको प्रिय दिनमा राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ फागुन ८ गते शुक्रबार, इस्वीसंवत फेब्रुअरी २० तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फागुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फागुनशुक्लपक्षको तृतीया तिथि दिनमा ३ः३० बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा रातिमा ९ः११ बजेसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ३२ घटि २२ पलासम्म त्यसपछि शुक्ल योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २८ घटि १५ पला अर्थात ११ घण्टा २१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३८ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ०८ः०७ बजे र अस्ताउने समय रातिमा ८ः५२ बजे रहेको छ । आज सामाजिक न्याय दिवस रहेको छ।

आजको राशिफल

मेषः आज समय खराब छ । सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ । ईष्टमित्रसँग विवाद हुनेछ। व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो देखिँदैन । स्वास्थ्यमा गडबडी हुन सक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज विशेष सतर्क हुनुहोला । आज यात्रा गर्दै हुनुहुन्छ भने सोच विचार गर्न आवश्यक छ। ध्नमाल हराउन सक्ने दिन पनि रहेको छ ।

वृषः आज समय शुभ रहनेछ, मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर, व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ हुनेछ । अवरुद्ध कार्य पनि सफल हुनेछन् । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ । वैदेशिक क्षेत्रबाट धन प्राप्त हुनेछ । व्यसायमा लगानीका लागि उपयुक्त दिन रहकोछ। समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ ।

मिथुनः आज समय मध्यम खालको छ । स्वास्थ्यमा यसअघि समस्या थिए भने सुधार आउने छ । सामाजिक संघ,  संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकारिता एवं होटललगायतका पेशा व्यवसायबाट आर्थिक लाभ मिल्नेछ। तपार्इं भाडाको गाडी चालक हुनुहुन्छ भने आज निश्चित रूपमा फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टकोणमा देखिन्छ ।

कर्कटः आज समय खराब रहनेछ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्न सक्नेछ । जताबाट पनि हानी नोक्सानी मात्रै हुन सक्ने गोचर रहेको छ ।र आज सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । आज तपाइँको हातबाट लेनदेन नगर्दा नै राम्रो हुनेछ। सन्तानबाट पनि तनाव हुने देखिन्छ ।

सिंहः आज समय शुभ छैन । आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ । काममा असफलता, कम्मर दुख्ने र पेटमा गडबडी हुन सक्नेछ । खानपानमा विशेष ध्यान पुर्याउनुहोला । चिसो, शूल–वायूको सम्भावना छ। गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ । आज दाजुभाइ बीच मनमुटावसमेत हुन सक्ने देखिन्छ ।

कन्याः आज समय राम्रै छ । टाढा नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ । राज्यबाट सहयोग प्राप्त हुने ग्रह गोचर छ। समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला ।

तुलाः आज आत्मबल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा तपाइँको जीत अवश्य हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ । शैक्षिक क्षेत्रबाट खुशियाली मिल्नेछ।

वृश्चिकः आज विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । समग्रमा समय खराब छन्, यात्रा तथा लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।

धनुः आज समय खराब छ । पेटको खराबी बढ्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुनेछ। लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषिसम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात हुन सक्नेछन् । आज पश्चिम दिशाको यात्रा घातक हुन सक्ने देखिन्छ। सकभर यात्रा नै नगर्नुहोला ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेनसमेत फलदायी हुनेछ । टाढाबाट धन प्राप्ति हुनाले मानसिक प्रशन्नता बढ्नेछ । महत्वपूर्ण काममा आमाको आशिर्वाद प्राप्त हुनेछछ ।

कुम्भः आज स्वास्थ्यमा समस्या आउन सक्छ । नित्य कार्यबाट बञ्चित हुनुपर्ने अवस्था छ । अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । मनमा एकखालको डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सानी हुनेछ । काममा सतर्क हुनुहोला । आज धार्मिकबाहेक अन्य काममा धन लगानी नगर्नुहोला । आज जे काम गरेपनि सतर्क हुनुपर्नेछ।

मीनः आज धेरैजसो समय सुखमय देखिन्छ। भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

साइत (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३६ बजेदेखि ८ः०१ बजेसम्म चर बेला
बिहान ८ः०१ बजेदेखि ९ः२७ बजेसम्म लाभ बेला
बिहान ९ः२७ बजेदेखि १०ः५२ बजेसम्म अमृत बेला
बिहान १०ः५२ बजेदेखि १२ः१७ बजेसम्म काल बेला
मध्यान्हमा १२ः१७ बजेदेखि १ः४२ बजेसम्म शुभ बेला
दिनमा १ः४२ बजेदेखि ३ः०७ बजेसम्म रोग बेला
दिनमा ३ः०७ बजेदेखि ४ः३३ बजेसम्म उद्धेग बेला
दिनमा ४ः३३ बजेदेखि ५ः५८ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५८ बजेदेखि ७ः३३ बजेसम्म लाभ बेला
साँझ ७ः३३ बजेदेखि ९ः०७ बजेसम्म अमृत बेला
राति ९ः०७ बजेदेखि १०ः४२ बजेसम्म काल बेला
राति १०ः४२ बजेदेखि १२ः१७ बजेसम्म शुभ बेला
राति १२ः१७ बजेदेखि १ः५१ बजेसम्म रोग बेला
राति १ः५१ बजेदेखि ३ः२६ बजेसम्म उद्धेग बेला
रातिमा ३ः२६ बजेदेखि ५ः०१ बजेसम्म चर बेला
रातिमा ५ः०१ बजेदेखि ०६ः३५ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.