काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा सात सय र चाँदीको एक सय ८० रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको भाय प्रतितोला तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चार हजार आठ सय ८० रुपैयाँमा किनबेच भएको असली चाँदीको भाउ बिहीबार बढेर पाँच हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।





