काठमाडौँ। काभ्रेमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बनेपा बजारको दूरसञ्चार नजिकै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । मृतकलाई प्रहरीले शिर मेमोरियल अस्पताल लगेको छ ।
चिपर चालक फरार भएका छन् । घटनापछि आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगो लगाइदिएका छन्
अहिल सडक अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ ।
फरार चालकको खोजी भइरहेकाे प्रहरीले जनाएको छ।




