Nidan Media

आज ‘ग्याल्पो ल्होसार’ मनाइँदै

काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्।

यो पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर र टोलका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने गर्छन्।

नौ प्रकारको अन्न मिसाएर बनाइएको परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ। यस पर्वलाई पारिवारिक र सामाजिक मेलमिलाप बढाउने महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन ग्याल्पो ल्होसार मनाउने गरिन्छ। स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले यो पर्वलाई अझ अर्थपूर्ण बनाउँछ।

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा नयाँ आशा र उमङ्ग छर्दै आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावनालाई अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

पर्वको समयमा गुम्बा दर्शन गर्ने, धर्मगुरु र लामाबाट आशीर्वाद लिने, र परिवारसँग मिलेर विशेष परिकारहरूको स्वाद लिँदै रमाइलो गर्ने चलन नेपालीहरूको मौलिक पहिचान बनेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.