सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ फागुन ६ गते बुधबार, इस्वीसंवत फेब्रुअरी १८ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। शिशिर ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार फागुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फागुनशुक्लपक्षको प्रतिपदा तिथि साँझमा ५ः३० बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा रातिमा १०ः०४ बजेसम्म त्यसपछि पूर्वाभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव ४२ घटि ३१ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा मानव रहनेछ ।
सूर्य कुम्भ राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २८ घटि ०८ पला अर्थात ११ घण्टा १८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः४० बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ०७ः०४ बजे र अस्ताउने समय साँझमा ६ः५१ बजे रहेको छ । आज ग्याल्पो ल्होसार पर्व रहेको छ।
आजको राशिफल
मेषः आज स्वास्थ्यको हिसावले खराब रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ ।
वृषः आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।
मिथुनः आज आशा नै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसँगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्नसके लाभ मिल्नेछ । यात्रा भने सावधान भएर गर्नु अत्यन्तै राम्रो हुनेछ ।
कर्कटः आज समय शुभ छ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ भने सकभर आफन्तसँग भेटघाट पनि नगर्दा राम्रो हुनेछ।
सिंहः आज समय ज्यादै फाइदाको रहेको छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् । आज नगद कारोबार गर्दा भने ध्यान दिनुहोला ।
कन्याः आज स्वास्थ्यमा एक्कासि समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबडी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिंड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसँगको भेटघाटन समेत विफल हुने देखिएको छ ।
तुलाः आज जो कसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि आज तपाईंले ठूलो विश्वास गर्नुभएको छ ती व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला । समग्रमा भन्नुपर्दा हाज समय शुभ रहेको छैन । प्रत्येक काममा व्यर्थैमा लगानी गर्नुभन्दा गरिरहेको पेशालाई यथावत नै रहन दिनु उचित हुनेछ ।
वृश्चिकः आज आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम् लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला । समय शुभ रहेकाले समयको महत्व बुझेर अघि बढेमा लाभ मिल्नेछ । आज लामो दूरीको यात्रा पनि सफल हुनेछ ।
धनुः आज स्वास्थ्यमा समस्या देखिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाबसम्बन्धी रोग एक्कासि देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्राका लागि शुभ समय छैन । कसैसँग बादविवाद पनि नगर्नुहोला।
मकरः आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । आज जे काम गर्दा पनि सतर्क हुनुपर्नेछ।
कुम्भः कुम्भ राशिका लागि आज सबै प्रकारले शुभ रहेको छ । पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ । टाढाको यात्रा, मित्रसँगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ । आज टाढाबाट उपहार प्राप्त हुने ग्रहगोचर देखिन्छ ।
मीनः मीन राशि भएकाहरूका लागि आज स्वास्थ्य ठीकठाक रहनेछ । गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रुपमा केही नहुनुभन्दा राम्रै हुनेछ । तपाईं महिला पुरुष जो भए पनि आज नराम्रो आरोप लाग्न सक्छ । त्यसकारण जो कसैसंग लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलव्धि देखिंदैन ।
साइत (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले दक्षिण र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः४६ बजेदेखि ८ः०९ बजेसम्म लाभ बेला
बिहान ८ः०९ बजेदेखि ९ः३२ बजेसम्म अमृत बेला
बिहान ९ः३२ बजेदेखि १०ः५५ बजेसम्म काल बेला
बिहान १०ः५५ बजेदेखि १२ः१८ बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः१८ बजेदेखि १ः४१ बजेसम्म रोग बेला
दिनमा १ः४१ बजेदेखि ३ः०३ बजेसम्म उद्धेग बेला
दिनमा ३ः०३ बजेदेखि ४ः२६ बजेसम्म चर बेला
दिनमा ४ः२६ बजेदेखि ५ः४९ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः४९ बजेदेखि ७ः२६ बजेसम्म अमृत बेला
साँझ ७ः२६ बजेदेखि ९ः०३ बजेसम्म काल बेला
राति ९ः०३ बजेदेखि १०ः३४ बजेसम्म शुभ बेला
राति १०ः३४ बजेदेखि १२ः१७ बजेसम्म रोग बेला
राति १२ः१७ बजेदेखि १ः५४ बजेसम्म उद्धेग बेला
राति १ः५४ बजेदेखि ३ः३१ बजेसम्म चर बेला
रातिमा ३ः३१ बजेदेखि ५ः०८ बजेसम्म लाभ बेला
रातिमा ५ः०८ बजेदेखि ०६ः४५ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




