काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेकाे छ भने चाँदीको बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सयले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य चार हजार आठ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य चार हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।





