Nidan Media

श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ फागुन ५ गते मंगलबार, इस्वीसंवत फेब्रुअरी १७ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फागुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फागुनकृष्णपक्षको अमावश्य तिथि साँझमा ५ः४८ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा रातिमा ९ः५१ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध ४६ घटि ३० पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा किंष्तुध्न रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २८ घटि ०४ पला अर्थात ११ घण्टा १६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः४२ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ०६ः३१ बजे र अस्ताउने समय साँझमा ५ः५१ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय शुभ रहनेछ । आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा विलासी जीवन व्यतित गरि रमाउने समय रहेकोछ । जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेकोछ ।

वृषः आज समय ठीक छैन । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाब बढ्नेछ । विश्वास गरेकाहरूबाट धोका हुन सक्छ सजक रहनुहोला ।

मिथुनः आज समय खराब छ । राजनीति तथा समाज सेवामा  सम्मानजनक स्थान पाउन बढिनै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यसँग विवाद बढ्ने योग रहेको छ मने आफन्तहरू टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।

कर्कटः आज समय शुभ छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरू हुनेछन् । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरू तपाईको कामदेखि खुशी हुनेछन् । सभा सभारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सिंहः आज समय राम्रो छ । लामो दुरीको व्यावसायिक यात्रा हुने सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने विद्या तथा प्रतिष्पर्धामा अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरूमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कस्सिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ ।

कन्याः आज पनि समय शुभ छैन । सानातिना घरेलु समस्याहरूले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिंदा हुनै लागेको कामहरू बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानि गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ ।

तुलाः आज पनि समय शुभ छैन । छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नुभन्दा पहिला नै बिभिन्न वाधा तथा अवरोधहरूको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

वृश्चिकः आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानि गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैतृक धन सम्पति परिचालन गरि मनग्य आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।

धनुः आज समय अत्यन्तै खराब छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहन सक्ने कुरालाई पनि नकार्न सकिन्न ।

मकरः आज अत्यन्तै समय राम्रो रहनेछ । भौतिक वस्तुहरूको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हँुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेम पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ ।

कुम्भः आज समय खराब छ । साना तिना काममा समय व्यातित हुँदा महत्वपूर्ण कामहरू थाति रहनेछन् । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरू प्रशस्त भेटिनेछ । प्रेमम एक अर्कालाई विश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरू तपाईको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु उपयूक्त हुनेछ ।

मीनः आज समय शुभ रहनेछ । औपचारिक मान सम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाज सेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुन सक्ने छ । उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला ।

साइत (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४६ बजेदेखि ८ः०९ बजेसम्म रोग बेला
बिहान ८ः०९ बजेदेखि ९ः३२ बजेसम्म उद्धेग बेला
बिहान ९ः३२ बजेदेखि १०ः५५ बजेसम्म चर बेला
बिहान १०ः५५ बजेदेखि १२ः१८ बजेसम्म लाभ बेला
मध्यान्हमा १२ः१८ बजेदेखि १ः४१ बजेसम्म अमृत बेला
दिनमा १ः४१ बजेदेखि ३ः०३ बजेसम्म काल बेला
दिनमा ३ः०३ बजेदेखि ४ः२६ बजेसम्म शुभ बेला
दिनमा ४ः२६ बजेदेखि ५ः४९ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४९ बजेदेखि ७ः२६ बजेसम्म उद्धेग बेला
साँझ ७ः२६ बजेदेखि ९ः०३ बजेसम्म चर बेला
राति ९ः०३ बजेदेखि १०ः३४ बजेसम्म लाभ बेला
राति १०ः३४ बजेदेखि १२ः१७ बजेसम्म अमृत बेला
राति १२ः१७ बजेदेखि १ः५४ बजेसम्म काल बेला
राति १ः५४ बजेदेखि ३ः३१ बजेसम्म शुभ बेला
रातिमा ३ः३१ बजेदेखि ५ः०८ बजेसम्म रोग बेला
रातिमा ५ः०८ बजेदेखि ०६ः४५ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.