काठमाडौँ। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।
सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले एक सय ५१ सिटको लक्ष्य राखेको बताए ।
उनले फागुन २१ गतेको चुनावले सरकार, संसदमात्र बनाउने नभइ नेपालको भाग्य र भविष्यको समेत परिवर्तन गर्ने आधारशिला तयार पारेको बताए ।
खरेलले ललितपुरका तीन ओटै क्षेत्रमा रास्वपाले जित्ते दाबीसमेत गरे ।
सो क्रममा उनले ललितपुरको सम्पदा आफ्नो जीवन भन्दा पनि प्यारो भएकाले सम्पदाको संरक्षण गर्नु पहिले दायित्व भएको बताए ।
ललितपुर महागरपालिकाको रास्वपाका सभापति ललित महर्जनले पनि रास्वपाले अत्याधिक बहुमतले चुनाव जित्ने दाबी गरे ।
उनले घरदैलो कार्यक्रममा मतदाताले नै चुनावी माहोललाई साथ दिएको बताए ।




