काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ ।
इन्डियन आयल कर्पोरेशनले नयाँ खरिद मूल्य पठाएअनुसार भाउ बढेर आएको हो ।
पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा तथा डिजेलमा पाँच रुपैयाँ ०२ पैसा बढेर आएकामा नेपाल आयल निगमले भने पेट्रोलमा एक रुपैयाँ तथा डिजेलमा तीन रुपैयाँ बढाएको हो । अन्य भने यथावत् रहेको निगमले जनाएको छ ।





