Nidan Media

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। फागुन महिनाको दोस्रो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजारतीन सय रुपैयाँले बढेको हो ।

शुक्रबार तीन लाख तीन हजार पाँच सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी आज १५ रुपैयाँले घटेर चार हजार नौ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला पाँच हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.