Nidan Media

सिसौको रुखमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ। रौतहटमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

दुर्गा भगवती गाउँपालिकावडा नं ४ स्थित गौर-गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै बिआर३०यु १३७१ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर सिसौको रूखमा ठोक्किँदा चालक र पछाडि सवार महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र पछाडि सवार यमुनामाई गाउँपालिका वडा नं ४ सरुअठाकी २२ वर्षीया पुनमदेवी साह छन्।

दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई उपचारका लागि तत्कालै गौर प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा उपचारकै क्रममा चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

तीव्र गतिमा मोटरसाइकल चलाइएकाले अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.