Nidan Media

टी-२० विश्वकप क्रिकेट : इटालीविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले अहिले इटालीसँग खेल्दैछ ।

भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

यो खेलमा नेपालले शानदार जित हासिल गर्ने अपेक्षा गरिएको छ । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डसँग मात्र ४ रनले पराजित भएको नेपालको मनोबल उच्च रहेको छ ।

इटाली भने पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । अर्को चरण प्रवेशको सम्भावना जीवितै राख्न पनि नेपाललाई यो खेल जित्नैपर्ने हुन्छ ।

यो समूहमा दुई पटकका विजेताहरू वेष्ट इन्डिज र इङ्गल्याण्ड रहेकाले यसलाई ग्रुप अफ डेथ मानिन्छ ।

नेपालको यसपटकको प्रदर्शनलाई लिएर विश्वभर नै चर्चा छ । तेस्रो पटक टी-२० विश्वकप खेलिरहँदा नेपालले इङ्गल्याण्डसँग देखाएको प्रदर्शन उच्चकोटीको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.