काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय र चाँदीकाे ५० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अनुसार मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ ।
सुनकाे भाउ यसअघि मंगलबार तीन लाख पाँच हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यस्ता मंगलबार प्रतितोला पाँच हजार दुई सय ४० रुपैयाँमा खरिद बिक्री भएको असली चाँदीको भाउ बुधबार बढेर पाँच हजार दुई सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।





