Nidan Media

तामाकोशी नदीमा बस खस्दा पाँच जनाको मृत्यु

काठमाडौँ । तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा पाँच जनाको ज्यान गएको छ ।

सो दुर्घटनामा छ जना घाइते भएको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस रामेछापको सेलेघाटस्थित नदीमा खसेको थियो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.