काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको भाउ बढ्दा चाँदीको घटेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा नौ सय बढ्दा चाँदीको १० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
सुनको भाउ यसअघि सोमबार प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँ रहेको थियो ।
यता सोमबार पाँच हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको असली चाँदी मंगलबार घटेर पाँच हजार दुई सय ४० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।




