Nidan Media

टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुने

काठमाडौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् ।

आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्तर्गत एक गरेर तीन खेल हुन लागेका हुन् ।

पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो खेलमा समुह डी अन्र्तगत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ ।

न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् ।

यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.