Nidan Media

नाइके पक्राउ परेपछि सिराहा कारागारमा तनाव

सिराहा । नाइके पक्राउ परेपछि सिराहा कारागारमा तनाव सिर्जना भएको छ ।

नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कारागारभित्र कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका छन् ।

कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यादवलाई पक्राउ गरिएको विरोधमा उनका समर्थक कैदीबन्दीहरूले कारागारभित्र तोडफोड र आगजनी गर्दै आक्रोश प्रदर्शन गरेका थिए ।

कारागारभित्रबाट गोली र ठूलो परिमाणमा नगद रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि कारागार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.